मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

उर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो अभाव छ : मन्त्री खड्का

Ujyalosandeshonline 11169+ समाचार ( )
२१ पौष २०८१, आइतबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशमा प्राविधिक जनशक्तिको ठुलो अभाव देखिएको बताएका छन् । आइतबार पुल्चोक क्याम्पसमा प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले उर्जा क्षेत्रमा ठुलो धनराशी खर्च भइरहेको भएपनिजनशक्तिको ठुलो अभाव रहेको बताए । 

उनले भने,‘उर्जा क्षेत्रमा ठुलो धनराशी खर्च भइरहेको छ । यस्तो खर्च भइरहँदा हाम्रो जनशक्ति कमजोर देखिएको छ । अस्ति मात्र म केही प्रोजेक्टहरु निरीक्षणमा जाँदै गर्दा टरमाइनहरु रिपेरिङ गर्ने बेलामा जनशक्तिको असाध्यै ठुलो अभाव देखियो । त्यसकारण हामीलाई चाहिने जनशक्ति उत्पादन गरेर यही सदुपयोग गर्न पाइयो भने अरुको भर पर्न पर्दैन । रोजगारी पनि सिर्जना हुन्छन् ।’

मन्त्री खड्काले पछिल्लो समय नयाँ नयाँ प्रविधीहरु आइरहँदा प्रविधिलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्तै जरुरी रहेको बताए । 

उनले भने,‘हरेक घरमा विद्युतीय सामग्री हुन्छन् । जोखिम खालका हुन्छन् । नयाँ नयाँ प्रविधीहरु आइरहेको छन् । त्यो प्रविधिको प्रयोग धेरै भन्दा धेरै गर्नुपर्नेछ । त्यसकारणले पनि यस्ता प्रविधिहरुलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्त गर्न जरुरी छ, थियो र भइरहेको छ ।’

त्यस्तै ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मुलुकभर विद्युतीकरण गर्दै बढी भन्दा बढी उत्पादित विद्युतलाई अन्तरदेशिय प्रसारण लाइनमार्फत विद्युत व्यापार गर्ने उद्देश्यले राष्ट्रिय मार्गचित्रको आधारमा अगाडि बढिरहेको बताए । 

उनले भने,‘मूलुकभर विद्युतीकरण गर्दै बढी भन्दा बढी उत्पादान गरेको विद्युतलाई अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत व्यापार पनि गर्ने भन्ने अभिप्रायले एउटा राष्ट्रिय मार्गचित्रको आधारमा अगाडि बढेको छौं ।’

त्यस्तै सोही कार्यक्रममा बोल्दै विद्युत् नियमन आयोगको अध्यक्ष डा.रामप्रसाद धितालले उत्पादकको प्राविधिक,प्रसारणका प्राविधिक पाटाहरुमा हुने कार्यान्वयनमा  नियमनकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । 

उनले भने,‘प्राविधिक विषयको कुरामा हामीले उत्पादकको प्राविधिक पाटाहरुमा,प्रसारणका प्राविधिक पाटाहरुमा वितरण र हाम्रा घर भित्रको प्राविधिक पाटाहरुमा मापदण्ड बनाउने र त्यसलाई कार्यान्वयन गर्ने भएको हुनाले यस्तो कामलाई कार्यान्वयन हुन्छ । पछि कार्यान्वयनमा नियमनकारी भूमिकामा जाने छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार