मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेपालबाट पूर्ण रूपमा बाहिरियो मनसुन

Ujyalosandeshonline 12437+ समाचार ( )
२६ अशोज २०८१, शनिबार

भैरहवा । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ। असोज २० र २२ गते चार प्रदेशका साथै शनिवार बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश गरी नेपालका सबै भू-भागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ । नेपालमा सरदर अक्टोबर दुई तारिखमा मनसुन बहिर्गमन हुने भएतापनि यस वर्षको मनसुन १० दिन ढिलो गरि अक्टोबर १२ मा बाहिरिएको महाशाखाले जारी गरेको मनसुन बहिर्गमन बुलेटिन उल्लेख छ। नेपालमा यस वर्ष १२४ दिनसम्म मनसुन रहन पुगेको छ।

जलवायु परिवर्तनको असरले नेपालमा मनसुन आगमन र बहिर्गमन सरदर मितिभन्दा ढिलो हुने गरेको मौसमविदहरु बताउँछन् । पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्‍यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ ।

मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ । यस वर्षको हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार