मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

अनाथालयलाई गरुडा नगरपालिकाबाट आर्थिक सहयोग

Ujyalosandeshonline 11566+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

रौतहट । रौतहटको गरुडामा रहेको बंशिराम जैसवाल अनाथालयलाई नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले एक कार्यक्रमका बीच अनाथालयका अध्यक्ष बंशिराम जैसवाललाई अनुदान रकम प्रदान गरेका हुन । 

अनाथालयमा रहेका असहाय बालबालिकाको शिक्षादिक्षा, खानपान तथा आवश्यक सुविधाको व्यवस्थापनका लागि नगरपालिकाको संस्थागत अनुदान कार्यक्रम अन्तर्गत सो सहयोग प्रदान गरिएको नगर प्रमुख जैसवालले बताए । 

उनका अनुसार यस बर्ष पनि  सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथालयलाई आर्थिक सहायता रकम उपलब्ध गराएको हो । अनाथ तथा असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत आवश्यकतामा कुनै कमी हुन नदिने उनले  प्रतिबद्धता समेत जनाए । नगरपालिकाको सहयोगमा अनाथालयको भवन स्तरोन्नति भैरहेको उनले जानकारी दिए ।

 २०५२ सालमा स्थापना भएको अनाथालयमा हाल ८० जना बालबालिका अध्ययनरत रहेकोमा  २६ जना विद्यार्थी आवासीय सुविधामा बसेर अध्ययन गरिरहेको अनाथालयका अध्यक्ष बंशिराम जैसवालले बताए । यो अनाथालय विभिन्न व्यक्ती तथा संघ सस्थाको सहयोगको भरमा चल्दै आएको उनले उल्लेख गरे । २०५७ सालदेखि अनाथालयभित्र सामुदायिक विद्यालय सञ्चालनमा रहेको छ । त्यहाँ १ देखि ५ कक्षासम्म पढाइ हुन्छ । त्यसपछि बालबालिकाहरू नजिकको माविमा पढ्न जान्छन् ।२कठ्ठा५धुरजमिनमाअनाथालयकोभवन, विद्यालय र मन्दिर रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार