मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

Ujyalosandeshonline 12676+ समाचार ( )
२० श्रावण २०८३, बुधवार

महेन्द्रनगर । कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ । पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका तथा दर्ता नगरी सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ । खुला सीमा नाका रहेको कञ्चनपुरका विभिन्न स्थानबाट नयाँ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने क्रम बढेको छ ।

कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टले भन्सार छल्ने उद्देश्यले स्कुटर आयात गर्नु प्रचलित कानुनविपरीत भएकाले त्यसको नियन्त्रणमा प्रहरी सक्रिय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ बुझाइएका स्कुटर कानुनी प्रक्रिया पूरा गरेर लिलाम गरिनेछ । नयाँ स्कुटर अवैध रूपमा भित्रिन नदिन प्रहरी प्रशासनको सहयोगमा सक्रियता बढाइएको छ । 

यस्तै, भित्रिएका स्कुटरको दर्तालगायत विषयमा प्रशासनिक तहमा छलफल गरी समाधान खोजिनेछ ।” उहाँका अनुसार पछिल्लो १० वर्षमा कञ्चनपुरमा करिब पाँच हजार इलेक्ट्रिक स्कुटर आयात भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अवैध रूपमा आयात गरिएका इलेक्ट्रिक स्कुटरमाथि कडाइ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सार छलेर ल्याइएका तथा दर्ता नगरी चलाइएका स्कुटरका कारण दुर्घटनाको जोखिम बढेको छ । सबै इलेक्ट्रिक स्कुटरलाई दर्ता प्रक्रियामा ल्याएर सञ्चालन गर्ने व्यवस्था मिलाइँदैछ ।”

नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको बिक्री बढ्दो क्रममा छ तर कञ्चनपुरमा भारतीय बजारबाट खरिद गरी भन्सार नतिरी भित्र्याइएका तथा दर्ता नगरी सञ्चालन गरिएका स्कुटर बढ्दै गएपछि यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । लाखौँ रुपैयाँ मूल्य पर्ने यस्ता स्कुटर अवैध रूपमा भित्र्याई दर्ताविना सञ्चालन गर्ने क्रम बढेपछि स्थानीय प्रशासनले निगरानीलाई थप प्रभावकारी बनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार