मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

फिफा विश्वकप : नेपाल यूएईसँग ४ गोल अन्तरले पराजित

Ujyalosandeshonline 11564+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।

साउदी अरबको दमामस्थित  प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति भएको खेलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको हो । पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४–० गोल अन्तरले नै पराजित भएको थियो । जितसँगै समूह एचको शीर्ष स्थानमा रहेको युएईले पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको छ ।  बहराइन १० अंकसहित दोस्रो, यमन तेस्रो र नेपाल अन्तिमा रहेको छ । यमनको चार अंक छ भने नेपाल अंकविहीन अवस्थामा रहेको छ ।

यूएईको जितमा अब्दुल्ला सुहेलले दुई अली सालेह र हाजेम मोहम्मद अबुल्लाह अब्बासले समान एक एक गोल गरे ।  पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि समान दुई गोल ब्यहोरेको हो ।  नेपालले पहिलो गोल खेलको १२औं मिनेटमा गोल खाएको थियो । हरिब अब्दुल्ला सुहेलले खेलको १२ र १४औं मिनेटमा गोल गरेका थिए ।

त्यसपछि नेपालले ५३औं मिनेटमा गोल ब्यहोरेको थियो । अलीले गोल गर्दै यूएईका लागि ३–० को अग्रता दिलाए ।  ७५औं मिनेटमा हाजेमले गोल गरेपछि यूएईले खेलमा ४–० को जित हासिल गर्यो । अब नेपालले यमनसँग विश्वकप छनोटको खेल खेल्न बाँकी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार