मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडले

Ujyalosandeshonline 12431+ समाचार ( )
२० माघ २०८१, आइतबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेश ले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् ।

आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर नीजि क्षेत्रको मनोबल बढाउने काम गरेको बताए ।

उनले भने,‘हामीमा जोश छ । आजभोलि नै चाहियो भन्ने मानसिकता छ । कुर्नै सक्दैनौं भन्ने खालको मनस्थिति छ । समस्या पुरानो छ समाधान तत्कालै चाहिएको छ । अहिले सरकारले अर्थतन्त्रमा देखिएको समस्याहरुको समाधान निम्ति नीतिगत सुधारमा जोड दिएको छ । सरकारले ल्याएको अध्यादेश जुन छ त्यो पनि नीतिगत सुधारको सशक्क्त पहल हो ।

अहिले सरकारले चाँडो र छोटो समस्या सम्बोधन गर्नुपर्छ भनेर अध्यादेश ल्याएको छ । यस खालको सुधार सरकारले गर्छ भनेर कसैले अनुमान गर्नुभएको थियो ?एकसाथ सरकारले ६ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर निजी क्षेत्रको मनोबल बढाउने काम गरेको छौं ।’    

त्यस्तै उनले करिब अघिल्लो वर्षको भुक्तानी सकेर कसैले ऋणपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाउने अवस्था आइसकेको बताए ।

सार्वजनिक खरिद ऐन, वातावरण ऐन, वन ऐन जस्ता विषयहरुमा सामूहिक सुधार गरेर पुँजीगत खर्चको सामथ्र्यलाई बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ  ।

उनले भने,‘खासगरी जुन खालका कानुनी प्रवन्ध गरेका छौं । सार्वजनिक खरिद ऐन वातावरण ऐन, वन ऐनहरु छन् । त्यस्ता विषयहरुमा पनि सामूहिक सुधार गरेर पुँजीगत खर्चको सामथ्र्यलाई बढाउनुपर्ने आवश्यकता छ । नियमनका प्रवन्धहरुलाई पनि प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि ध्यान दिनुपर्ने छ । हामी त्यसतर्फ ध्यान दिँदै छौं । आजको मितिमा आइपुग्दा करिब अघिल्लो वर्षको भुक्तानी सकेर कसैले ऋणपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाउने र दिन सकिने त्यो अवस्था आइसकेका छौं । भुक्तानी दायित्व आजको भन्दा पनि हिजोको प्रसङ्ग थियो । तर पनि करिब आज त्यो दायित्व पूरा सरकार दायित्वबाट बाहिर निस्केको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार