मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

परासीमा 'स्मार्ट क्यामरा' जडान, सवारीको गति र नम्बर प्लेट स्वतः रेकर्ड हुने

Ujyalosandeshonline 12437+ समाचार ( )
३० असार २०८२, सोमबार

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सदरमुकाम परासीस्थित भुमही–भैरहवा बाइपास सडकमा अत्याधुनिक 'अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम' (एएनपिआर) क्यामरा जडान गरेको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने र सवारी साधनको पहिचान सहज बनाउने उद्देश्यले उक्त क्यामरा जडान गरिएको हो।

यो क्यामेराले सडकमा गुड्ने सवारी साधनको नम्बर प्लेट र गति स्वतः पहिचान गरी स्वचालित रूपमा अभिलेख राख्नेछ। नगर प्रमुख धनपत यादवका अनुसार, दुर्घटनापछि सवारी साधन पहिचान गर्न र शान्ति सुरक्षा कायम गर्न यो प्रविधिले प्रहरीलाई अनुसन्धानमा ठूलो सघाउ पुग्नेछ। उहाँले 'स्मार्ट सिटी' अवधारणाअन्तर्गत आधुनिक प्रविधिको प्रयोगलाई बढवा दिइएको पनि बताउनुभयो।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरदत्त पन्तले यो प्रविधिले अपराध अनुसन्धान, सवारीको गति नियन्त्रण र दुर्घटनापछि फरार हुने सवारी साधनको खोजीमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। क्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालयबाटै हुने र केही प्राविधिक काम सम्पन्न हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार