मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

चेपाङ दम्पतीले पहिलो पटक पाए आफ्नै पक्की घर

Ujyalosandeshonline 11171+ समाचार ( )
६ माघ २०८१, आइतबार

मकवानपुर ।  मकवानपुरको राक्सिराङमा एक वृद्ध चेपाङ दम्पतीले पहिलो पटक आफ्नै पक्की घर पाएका छन् । ९२ वर्षीय जयराम र ८० वर्षीया लक्ष्मी चेपाङले नयाँ घर पाएका हुन् ।

नयाँ घर पाउँदा उनीहरुले खुसी व्यक्त गरेका छन् । ‘किम दोती आसतेआया (घर पाउँदा खुसी लाग्यो),’जयरामले चेपाङ भाषामा भने । उनकी श्रीमती लक्ष्मीले पनि मर्ने बेलामा नयाँ घर पाएको भन्दै खुसी व्यक्त गरिन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ साचक टोलमा अभियन्ता रेखा लोप्चन तामाङको अगुवाइमा निर्माण गरिएको उक्त नवनिर्मित घर पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शनिबार चेपाङ दम्पतीलाई डो¥याउँदै घरभित्र प्रवेश गराइएकी छिन् ।

३ लाख ७ हजार रुपैयाँमा निर्माण गरिएको यो घरमा दुई वटा पलङसहितको कोठा, सोलार बत्ती, पिउने पानीको धारा र पक्की शौचालय छन् । अभियन्ता लोप्चन तामाङले उनीहरूलाई थप खर्चका लागि २ लाख ४२ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।

मनहरी बजारबाट दुई घण्टाको दूरीमा रहेको यो बस्तीमा सरकारी जनता आवास कार्यक्रमअन्तर्गत घरहरू बन्दै छन् । तर जग्गाको स्वामित्व नभएका कारण यी दम्पती त्यस कार्यक्रमबाट वञ्चित थिए ।

जयरामको पहिलो विवाह सन्तान नहुँदा विच्छेद भएको थियो । ५१ वर्षको उमेरमा लक्ष्मीसँग दोस्रो विवाह गरेका उनको यस पटक पनि सन्तान भएन । हाल उनीहरूको रेखदेख भतिजा कोकिल चेपाङले गर्दै आएका छन् । दम्पती वृद्ध भत्ताबाट जीवन निर्वाह गर्दै आएका छन् ।

नेपालमा चेपाङ समुदायको जनसंख्या ८४,३६४ रहेको छ । सबैभन्दा बढी चितवनमा ३५,६३७, त्यसपछि मकवानपुरमा २३,६५०, धादिङमा १७,१६० र गोरखामा ४,२६८ जना बसोबास गर्छन् । पूर्वमन्त्री झाँक्रीका अनुसार जनता आवास कार्यक्रमको कार्यविधि चेपाङ, राउटे, वनकरिया जस्ता सीमान्तकृत र लोपोन्मुख समुदायका लागि प्रभावकारी छैन र यसमा संशोधन आवश्यक छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार