मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

भैरहवामा जयसवाल युवा र महिला कमिटीको सक्रियतामा रक्तदान सम्पन्न

Ujyalosandeshonline 11540+ समाचार ( )
६ पौष २०८२, आइतबार

भैरहवा । जयसवाल सेवा समिति सिद्धार्थनगर–६, भैरहवा, रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । महिला जयसवाल सेवा समिति र जयसवाल युवा कमिटीको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रम संयोजक तथा जयसवाल युवा कमिटीका वरिष्ठ उपाध्यक्ष सुमित जयसवालले बताउनुभयो ।

सिद्धार्थनगर–४ स्थित जयसवाल सेवा समितिको भवनमा आयोजित कार्यक्रममा ३१ युनिट रगत संकलन भएको जयसवाल युवा कमिटीका अध्यक्ष शिवम जयसवालले जानकारी दिनुभयो । रगतको अभाव हुन नदिन सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि जनरल फिजिसियन तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवाका एशोशियट प्रोफेसर डा. निरज कुमार जयसवालले उद्घाटन गर्नुभएको थियो । जयसवाल महिला सेवा समितिका अध्यक्ष पुनम जयसवालको अध्यक्षता, जयसवाल सेवा समितिका महासचिव अर्जुन प्रसाद जयसवालको स्वागत तथा जयसवाल युवा कमिटीका उपाध्यक्ष सन्नी जयसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार