मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

Ujyalosandeshonline 11540+ समाचार ( )
२५ फाल्गुन २०८२, सोमबार

काठमाडौँ ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने निर्णय गरेको छ । आयोगले आज यस्तो निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम आचारसंहिताको व्यवस्था गत माघ ४ गते रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको थियो । गत माघ ४ गतेको आयोगको निर्णयअनुसार त्यसै राति १२ बजेदेखि आचारसंहिता लागू भएको थियो । उक्त आचारसंहिता आज रातिदेखि निष्क्रिय हुने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार