मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

एमालेका पूर्वसांसद वासुदेव घिमिरेद्वारा पार्टी परित्याग

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ पौष २०८२, बुधवार

भैरहवा । नेकपा एमालेका पूर्वसांसद वासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन् । रुपन्देही क्षेत्र नं. ५ का पूर्वसांसद तथा तिलोत्तमा नगरपालिकाका पूर्वमेयर घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छोडेको घोषणा गरेका हुन् । पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले जनताको इच्छा, चाहना र अहिलेको आवश्यकतालाई सम्बोधन गर्न नसकेको भन्दै उनले पार्टीको जिम्मेवारीबाट अलग भएको बताएका छन् ।

घिमिरेले अहिले आम नागरिकको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण र पुस्तान्तरण रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । तर, पुराना दलहरूको नेतृत्वबाट यो अवस्था नदेखिएकोले आजैदेखि म संलग्न पार्टीको जिम्मेवारीबाट अलग रहेको छु ।’

उनले विगतमा आफूलाई अवसर दिने नेतृत्वलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुशासन र समृद्धिको अभियानमा निष्ठाका साथ काम गरिरहने बताएका छन् । पछिल्लो समय काठमाडौँका मेयर बालेन शाहसँग नजिक रहेका घिमिरेको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । केही दिनअघि मात्रै बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको सन्दर्भमा घिमिरेको यो कदमलाई विशेष चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार