मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |
मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |


जुम्ला कनकासुन्दरी गाउँपालिकाको यस्तो छ विकासको खाका

दान बहादुर बुढा 45+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

मुगु । कनकासुन्दरी गाउँपालिकाको ‘समुन्नति आधार शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले १५ औं गाउँसभा सम्पन्न गरेको छ । गाउँसभाबाट आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रमहरू सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय आवश्यकता र सम्भावनालाई प्राथमिकतामा राखेर विकासको खाका कोरेका बताए ।

अध्यक्ष आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले स्थानीय जनताको जीवन स्तरमा सुधार ल्याउने, सेवाको पहुँच बढाउने र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा टेवा पु¥याउने उद्देश्य राखेको छ । यस वर्षका लागि गाउँपालिकाले करिब ५० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

संघीय सरकारबाट प्राप्त हुने रकम वित्तीय समानीकरण अनुदान १० करोड १ लाख सशर्त पूँजीगत अनुदान २ करोड ७० लाख सशर्त चालु अनुदान—रु. १६ करोड ३० लाख विशेष अनुदान रु.१ करोड ७८ लाख राजस्व बाँडफाँड—रु.९ करोड १९ लाख ८४ हजार १ सय ३१ प्रदेश सरकारबाट प्राप्त हुने रकम वित्तीय समानीकरण अनुदान  १ करोड २५ लाख ४९ हजार, सशर्त अनुदान २ करोड ३२ लाख ६९ हजार राजस्व बाँडफाँड ७ लाख, आन्तरिक आम्दानी र अन्य स्रोतहरू आन्तरिक राजस्व संकलन ३२ लाख

आन्तरिक स्रोतबाट ४ करोड ६५ लाख गैरसरकारी संस्थाबाट आइएनएफ जुम्ला १७ लाख ८६ हजार ८ सय ६५, क्याड नेपाल, जुम्ला.९२ लाख ८५ हजार यो बजेट संघीय सरकार, प्रदेश सरकार, आन्तरिक स्रोत र गैरसरकारी संस्थाहरूको सहकार्यबाट प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटको प्रमुख हिस्सा संघीय सरकारबाट प्राप्त अनुदानमा आधारित रहेको छ । सशर्त अनुदान, विशेष अनुदान तथा राजस्व बाँडफाँडका विभिन्न शीर्षकहरूबाट गाउँपालिकामा  बजेट प्राप्त हुनेछ । त्यस्तै, प्रदेश सरकारबाट पनि समानीकरण अनुदान तथा सशर्त अनुदानमार्फत सहयोग प्राप्त हुने उल्लेख गरिएको छ ।

आन्तरिक आम्दानीका रूपमा स्थानीय तहले कर तथा राजस्व संकलनबाट पनि उल्लेख्य रकम जम्मा गर्ने अपेक्षा गरिएको छ । साथै आइएनएफ जुम्ला र क्याड नेपाल जस्ता गैरसरकारी संस्थाहरूको सहभागिताले शिक्षा, स्वास्थ्य र समुदाय–आधारित कार्यक्रमहरूमा थप योगदान पु¥याउने देखिन्छ ।

यसबर्षको नीति तथा कार्यक्रमको विशेषता भनेको यसले समेटेका बहुआयामिक नीतिगत दृष्टिकोण हो । आर्थिक विकासदेखि सामाजिक सुरक्षा, पूर्वाधार विकासदेखि वातावरण संरक्षणसम्मका विषयहरूमा गाउँपालिकाले स्पष्ट कार्यदिशा प्रस्तुत गरेको छ । नीति कार्यक्रमले रोजगारी सिर्जना, लघु उद्योग प्रवद्र्धन, कृषि उत्पादन वृद्धि, पशुपालन, शिक्षा र प्राविधिक तालिमजस्ता क्षेत्रहरूमा कार्ययोजना अघि सारेको छ ।

शिक्षा क्षेत्रमा गुणस्तरमा सुधार ल्याउने, शिक्षक अभाव हटाउने, विद्यालय भवन निर्माण तथा स्तरोन्नतिको योजना अघि बढाइएको छ । स्वास्थ्य क्षेत्रमा स्थानीय स्वास्थ्य संस्था सुदृढ बनाउने, आयुर्वेद सेवा विस्तार गर्ने र जनस्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । कृषिमा सिँचाइ, बीउबिजन, आधुनिक प्रविधिको प्रयोग र बजारीकरणलाई प्राथमिकता दिइनेछ । पशुपालनमा खोप कार्यक्रम, गोठ सुधार र उत्पादनशील जातको प्रवद्र्धन गरिनेछ ।

पूर्वाधारको सन्दर्भमा गाउँभित्रका सडकहरू स्तरोन्नति गर्ने, नयाँ पुल निर्माण गर्ने, खानेपानी तथा सरसफाइ योजना विस्तार गर्ने र बिजुली तथा सौर्य ऊर्जा पहुँच पुर्याउने लक्ष्य लिएको छ । पर्यटन प्रवद्र्धनका लागि संस्कृति संरक्षण, पर्यटकीय सम्भावना भएका क्षेत्रहरूको विकास तथा स्थानीय कला–संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमहरू समेत समावेश गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले नीति तथा कार्यक्रमको समर्थन गर्दै सबै योजना जनताको आवश्यकतालाई सम्बोधन गर्न केन्द्रित रहेको बताइन् । उनले कार्यक्रमको सफल कार्यान्वयनका लागि सबै तहका प्रतिनिधिहरू, कर्मचारी र स्थानीय बासिन्दाहरूबीच सहकार्य आवश्यक हुने धारणा राखिन् ।

छलफलका क्रममा केही सहभागीले बजेट वितरणमा सन्तुलन कायम गर्नुपर्ने, स्थानीय स्रोतको अधिकतम उपयोग गर्नुपर्ने तथा अनुगमन र मूल्यांकन प्रणालीलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने सुझावसमेत दिएका थिए ।

सामाजिक समावेशीकरण, सूचना प्रविधिको प्रवद्र्धन, महिला तथा बालबालिकाको हकअधिकार संरक्षण, पोषण सुरक्षालगायतका विषयहरूलाई पनि प्राथमिकतामा राखिएको छ । सुशासन, पारदर्शिता, सेवा प्रवाहको प्रभावकारिता, जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धिमा विशेष ध्यान केन्द्रित गरिएको छ ।

कनकासुन्दरी गाउँपालिकाले आगामी वर्षको बजेट र नीतिमार्फत समग्र क्षेत्रको समुचित विकास गर्दै आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माणको दिशामा आफू क्रियाशील रहेको संकेत दिएको छ । गाउँसभाको समापनसँगै नीति तथा कार्यक्रम कार्यान्वयनको चरण सुरु भइसकेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार