मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

Ujyalosandeshonline 11566+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि आतंकवादी हमलाको कडा प्रतिकार गरिने बताएका छन् । पाकिस्तानसँग चारदिने सैन्य टकराब अन्त्य भएपछि राष्ट्रका नाममा सोमबार राति सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । 

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको हवाई आक्रमण र प्रत्याक्रमणको श्रृखंला र दुवै पक्षबीच सीमापार भारी गोलाबारीपछि पहिलो पटक जनतालाई सम्बोधन गर्दै मोदीले भने, ‘यो युद्धको युग होइन । तर, यो आतंकको युग पनि होइन ।’

भारत नियन्त्रित कश्मीरमा आतंककारी हमलामा २६ जना पर्यटकको हत्यामा भारतले पाकिस्तानको हात रहेको बताएको थियो । पाकिस्तानले यसलाई खारेज गर्दै आएको छ । परमाणु हतियार भएका यी दुई छिमेकी देशबीच अमेरिकाको मध्यस्थतामा शनिबार युद्धविराम गर्ने सहमति भएको थियो । सो सहमति अहिलेसम्म कायम रहेको छ । दुवै राष्ट्रले सतर्क रहने बताएका छन् ।

सम्बोधनमा मोदीले भने, ‘यदि, भारतमा फेरि आतंकवादी हमला भएमा कडा प्रतिकार गरिनेछ । आतंक र व्यापारको विषयमा सौदावाजी हुन सक्दैन ।’ मोदीको यो टिप्पणी युद्ध नरोके भारत–पाकिस्तानसँग अमेरिकाले व्यापारिक कारोबार बन्द गर्ने बताएपछि दुईदेशहरू युद्धविराम गर्न सहमत भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइतर्फ इंगित थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार