मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नेपाल स्वयंसेवी रक्तदाता समाजको पहलमा परासीमा पहिलो रक्तदान कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12431+ समाचार ( )
६ अशोज २०८२, सोमबार

परासी । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा पहिलो रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको यस कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले रक्तदानलाई सबैभन्दा ठूलो दानको रूपमा व्याख्या गर्दै यसले जीवन बचाउनुका साथै रक्तदातालाई पनि स्वस्थ राख्ने बताए। उनले प्रत्येक तीन-तीन महिनामा रक्तदान गर्न आग्रह गर्दै जिल्लामा रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने समाजको उद्देश्यलाई सबैले साथ दिनुपर्नेमा जोड दिए।

नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीका अध्यक्ष मोहन पौडेलले रगत अभाव बढ्दै गएको र रक्तदानबारे सचेतना भए पनि मानिसहरू हिचकिचाउने गरेको बताए। उनले रक्तदान गर्दा कमजोरी हुने भ्रममा नपर्न आग्रह गर्दै समाजले रेडक्रसको सहयोगी संस्थाको रूपमा रगत व्यवस्थापनमा भूमिका खेल्ने बताए। समाजले विशेषगरी ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धी सचेतना फैलाउने र रक्तदान कार्यक्रम आयोजना गरी मानिसहरूलाई प्रेरित गर्ने लक्ष्य लिएको छ। कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि तथा अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार