लुम्बिनी प्रदेश सरकार बैठक : नीति तथा कार्यक्रम स्वीकृत

Ujyalosandeshonline 11164+ समाचार ( )
४ जेठ २०८२, शनिबार

दाङ । लुम्बिनी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए। उनका अनुसार जेठ ५ गते नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गरिएको छ ।

त्यस्तै बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। लुम्बिनी प्राज्ञ प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको मन्त्री पन्थीले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार