मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रौतहटमा ९ स्थानीय तहको आर्थिक कारोबार ठप्प, १३ वटामा निमित्तको भर

Ujyalosandeshonline 12441+ समाचार ( )
३ कार्तिक २०८२, सोमबार

रौतहट । रौतहटमा ९ वटा स्थानीय तहको आर्थिक कारोबार बन्द भएको छ भने १८ वटा स्थानीय तहमध्ये ५ वटामा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् । बाँकी १३ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कार्यभार सम्हालेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पहिलो त्रैमासिकका लागि मात्र आर्थिक कारोबार सञ्चालन गर्न अख्तियारी दिएको थियो, जसको म्याद असोज ३१ गते सकिएको छ ।

यसको परिणामस्वरुप, गौर, इशनाथ, राजपुर, परोहा, बौधीमाइ, मौलापुर, फतुवा विजयपुर, गढिमाइ र माधवनारायण नगरपालिकाहरूको खाता कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले बन्द गरिदिएको छ। देवाही गोनाही र गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सभा र खाता सञ्चालन हुन सकेको छैन।

वृन्दावन नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सरुवा भए पनि रमाना नलिएका कारण खाता निष्क्रिय पारिएको छ। गरुडा, कटहरिया, चन्द्रपुर, यमुनामाइ र दुर्गा भगवती नगरपालिकाहरूमा भने नियमित रूपमा खाता सञ्चालनमा छन् किनभने त्यहाँ दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन्। अब सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्तलाई पुनः अख्तियारी दिने वा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गरेपछि मात्र यी स्थानीय तहको आर्थिक कारोबार सुचारु हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार