मुख्य समाचार
बाँकेको जानकी गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि साढे ६९ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित | सवारी दुर्घटना रोक्न पाल्पामा विशेष अभियान, मेडिकल टिमसहित सडकमै उत्रियो प्रहरी | अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगमा प्रहरी महानिरीक्षक कार्कीको जोड | रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता | लागूऔषध विरुद्ध चापाकोटमा व्यापक सचेतना कार्यक्रम: डिएसपी सापकोटोसहितको टोली टोल-टोल र विद्यालयमा | देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ | भित्रीकोट दरबार | बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार | असुरैना माविको अध्यक्षमा जैसमोहम्मद खान लगातार छैटौँ पटक चयन | रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी |

वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना–खाजा र पानी

Ujyalosandeshonline 11621+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल  एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ ।

विभागले बुधबार नै पत्राचार गरी हवाइ टिकटमा नै खाना खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो । मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ ।

उडान समय भन्दा तीन घण्टा अगाडी नै विमानस्थल भित्र प्रवेश गर्नुपर्ने हुन्छ । यसरी घण्टौको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए ।

‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्कौ नै तिर्नुे अनि न्यूनतम खाना खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनियो । त्यसैले सबैलाई बोलाएर छलफल गर्यौ,’ उनले भने । छलफलको निर्णय पनि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको  टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेको हो ।

त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्रअधिकार भित्र रहेको काम गर्न सचेत समेत गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार