मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर

Ujyalosandeshonline 12431+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

वीरगन्ज । वीरगन्जमा भेटिएका हैजा संक्रमित मध्य ११ प्रतिशत विरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ । वीरगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका २ सय २० जना मध्य २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर  भएपनि उनलाई सघन कक्ष( आइ.सि.यु)मा राखि उपचार भइरहेको  वीरगन्जको विभिन्न अस्पतलाको आइसियुमा भर्ना रहेकाहरुको रत्तचाप नभेटिएको , शरिरमा पानी भएको कारण मृगौलामा क्रेटनिङ सिरमको मात्र बढदैगएको वीरगन्ज हेल्थ केयर अस्पतालमा संचालक डा. अबुलहैस अंसारीले जानकारी दिए ।  

उनले  अत्याधिक रुपमा भएको झाडा पखालाका कारण  विरामीको शरिरमा पानीको मात्रा खतरना रुपमा कम भएको कारण मृगौलामा समस्या देखिएको छभने विरामीको ज्यान जोगाउन दुवै हातको नसाबाट स्लाई चडाउनु परेको बताए । वीरगन्जको विभिन्न अस्पतालमाको संघन कक्ष( आइ.सि.यु)मा भर्ना रहेका विरामी माध्य सबै भन्दा बढी ९ जना वीरगन्ज हेल्थ केयर  अस्पताल र ८ जना तराइ अस्पतालमा भर्ना रहेका छन् ।

वीगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गाराएको तथ्याँक अनुसार सोमबार संझा ८ बजेदेखि मंगलबार विहान ८ बजे सम्ममा  झाडापखाला भएका  ६२ जना नयाँ विरामी विभिन्न अस्पतालमा भर्ना भएका छन ।  

शुक्रबार बेलुका देखि मंगलबार विहान सम्म झाडा पखालामा ३ सय ९१ जना विरामीले वीरगन्जकाृ विभिन्न अस्पतालमा उपचार गएका छभने सो मध्य १ सय ७१ जना विरामी निको भई घर फिर्ता भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बारा पर्सा लगायतका जिम्माबाट उपचार गराउन वीरगन्जका विभिन्न अस्पतालमा आएका विरामी मध्य ४४ प्रतिशत विरामी निको भई घर फिर्ता भएका छभने विराम िभर्ना हुने संख्यामा समेत कमी आएको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार