मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

कैदीको उपचारका क्रममा मृत्यु, वीरगञ्जमा प्रदर्शन

Ujyalosandeshonline 11566+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

दिपेश पौडेल

रौतहट । पर्साको वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार  कारागारमा सजाय काटिरहेका वीरगञ्ज महानगरपालिका–२५ खाल्वा टोलाका राहुल साह तुराहाको मङ्गलवार नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कारागार प्रशासनका अनुसार, मङ्गलवार बिहान कारागारमा व्यायाम गर्ने क्रममा राहुलको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल नारायणी अस्पताल ल्याइएको थियो । नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार, तुहारालाई मंगलबार बिहान ८ः५० बजे अस्पताल भर्ना गरिएको थियो र उपचारको क्रममा बिहान १०ः३० बजे  मृत्यु भएको हो ।

नारायणी अस्पताल प्रशासनले भने राहुललाई सम्भव भ्याएसम्मको उपचार प्रदान गरिएको र तत्कालै थप उपचारका लागि रेफर गरिएको दाबी गरेको छ । तर मृतकका आफन्तले अस्पतालको लापरवाही र सही समयमा उचित उपचार नपाएका कारण राहुलको ज्यान गएको आरोप लगाएको छ ।

अस्पताल प्रशासन विरुद्ध मृतकका आफन्तले नारायणी अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । यस विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्तलाई पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले बताए । हाल अवस्था सामान्य बनेको उनको भनाइ छ । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार