मुख्य समाचार
रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी | रुपन्देहीमा ३८ लाख बढीको अवैध सामान बरामद | पर्यटकीय स्थल ठूलो आहाल क्षेत्रको संरक्षण गरिँदै | पूर्वाधार निर्माणमा धवलागिरिको फड्को | जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट | बाँकेको जानकी गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि साढे ६९ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित | सवारी दुर्घटना रोक्न पाल्पामा विशेष अभियान, मेडिकल टिमसहित सडकमै उत्रियो प्रहरी | अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगमा प्रहरी महानिरीक्षक कार्कीको जोड | रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता | लागूऔषध विरुद्ध चापाकोटमा व्यापक सचेतना कार्यक्रम: डिएसपी सापकोटोसहितको टोली टोल-टोल र विद्यालयमा |

जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट

Ujyalosandeshonline 11626+ समाचार ( )
११ असार २०८३, बिहीबार

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् । 

यहाँको चन्दनाथ नगरपालिकाले रु ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले रु ५४ करोड २८ लाख आठ हजार, पातारासी गाउँपालिकाले रु ४५ करोड ४६ लाख छ हजार र तिला गाउँपालिकाले रु ५० करोड ५१ लाख ७१ हजार बजेट ल्याएका छन् ।

यसैगरी, हिमा गाउँपालिकाले रु ४३ करोड ७९ लाख ६६ हजार, सिँजा गाउँपालिकाले रु ४५ करोड ४८ लाख १८ हजार र कनकासुन्दरी गाउँपालिकाले रु ४५ करोड १२ लाख ७७ हजार बजेट ल्याएका छन् । गुठीचौर गाउँपालिकाले असार ९ गते रु ३८ करोड ३६ लाख ८३ हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको थियो ।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गर्नुभएको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र संवद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार