मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

Ujyalosandeshonline 12678+ समाचार ( )
६ अशोज २०८३, मङ्गलबार

बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको क्षमता थप गरेको हो । अस्पतालले आइतबारदेखि थप चार वटा डायलाइसिस उपकरण सञ्चालनमा ल्याएर सेवा क्षमता विस्तार गरेको हो ।यसअघि ६१ मिर्गौलापीडितलाई सेवा दिँदै आएको अस्पतालले चार वटा उपकरण थप गरेपछि अब ७१ जनालाई सेवा दिन सहज भएको छ । क्षमता विस्तारसँगै अस्पतालमा डायलाइसिस उपकरणको सङ्ख्या १२ पुगेको छ ।

पालो कुर्ने बिरामीको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा भवनको क्षमता विस्तार गरी सेवा थप गरिएको डायलाइसिस शाखाप्रमुख तथा वरिष्ठ नर्सिङ अधिकृत निमा हिताङले जानकारी दिनुभयो । उहाँका अनुसार सरुवा रोग लागेका मिर्गौलाका बिरामीका लागि छुट्टै शय्याकोसमेत व्यवस्था गरिएको छ । यसअघि छुट्टै शय्या नहुँदा अन्य बिरामीमा सरुवा रोग सर्न सक्ने जोखिम थियो ।

मिर्गौलाले काम गर्न छाडेका बिरामीले स्वास्थ्य अवस्थाअनुसार सातामा दुईदेखि पटकसम्म डायलाइसिस गर्नुपर्ने हिताङले बताउनुभयो । सेवा विस्तारका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा रु २० लाख र अस्पताल व्यवस्थापन समितिको रु  २० लाख गरी रु ४० लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त रकमबाट भवनको एक तला थप गर्नुका साथै आवश्यक चार वटा डायलाइसिस उपकरण खरिद गरिएको हो ।

“डायलाइसिस विभागको भुइँतलामा एकतला थपगरी आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा विस्तार गरिएको हो”, अध्यक्ष शर्माले भन्नुभयो, “लामो समयदेखि पालो कुरेर पोखरादेखि काठमाडौँसम्म पुगेर डायलाइसिस गराउँदै आएका मिर्गौला फेल भएका १० जना सेवाग्राहीलाई थप सेवा दिन थालिएको छ । सेवा विस्तारपछि पालो नपाएर डायलाइसिसका लागि पोखरा तथा काठमाडौँ जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार