मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

युरोप पठादिन्छु भन्दै ६ सय व्यक्तिलाई ठगी

Ujyalosandeshonline 11566+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

काठमाडौं । युरोप पठाउने प्रलोभन देखाई ६ सयभन्दा धेरै सर्वसाधारणबाट करोडौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले उक्त व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा जिल्ला ललितपुर नत्लु गाविस वडा नम्बर ५ हाल परिवर्तित कन्जोसोम गाउँपालिका ४ घर भई हाल जिल्ला ललितपुर इमाडोल बस्ने वर्ष ३२ का विकास बाइवा भन्ने सुजन तामाङ रहेका छन् । 

काठमाडौं महानगरपालिका १६ बालाजु चोक स्थितमा यूरो विङ्स् शिक्षा परामर्श संस्था संचालन गरी आफूलाई विकास वाइवाको नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसियालगायतका देशहरूमा पठाइदिन्छु भनि प्रलोभनमा करोडौं रकम ठगी गरेको कसूरमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले बताएका छन् ।  

उनका अनुसार अनुसन्धानको क्रममा तामाङ २०७३ सालबाट आयुष मेनपावरलगायत विभिन्न मेनपावरहरूमा ऐजेन्टको रूपमा काम गर्न थालेका थिए । करिब पाँच वर्ष एजेन्टको कामगरी विभिन्न व्यक्तिहरूलाई खाडी मुलुकमा पठाउन सुरु गरेका थिए ।

उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनि रकम लिई नक्कली भिसा देखाई जागिर छोड्न लगाएको खुल्न आएको छ । विकास वाइवाको नामबाट बैंक खाता खोली आफैँले हस्ताक्षर गरी बैंक÷वित्तिय तथा अन्य सम्पूर्ण कारोबार गर्ने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

२०७७ सालमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा फरार रहेका तामाङलाई कार्यालयबाट खटिएको विशेष टोलीले माघ १७ गते ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । 

६ सयजना भन्दा धेरै सर्वसाधारण व्यक्तिहरूबाट ५० हजार देखि पाँच लाख रुपैंयाँसम्म रकम लिएको पनि अनुसन्धानबाट देखिएको छ । 

उक्त ठगी गरेको रकमबाट चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर, बसुन्धारामा ५० प्रतिशत सेयर अर्थात ५० लाख रुपैंयाँ लगानी गरेको, ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको, सुवास तामाङ (भाई) को खातामा विभिन्न मितिमा १५ लाख ५० हजार जम्मा गरेको, जल विद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, पाँच लाखको सुनको ब्रास्लेट खरिद गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

बैदेशिक रोजगार विभागका अनुसार हालसम्म ७० जनाको मुद्दा दर्ता भई तीन करोड २५ लाख २२ हजार विगो देखिएको अन्य मुद्दा दर्ताको क्रममा रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार