मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

मेडिकल ब्यवसायी दुर्गा प्रसाई प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 11171+ समाचार ( )
६ अशोज २०८१, आइतबार

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले साइबर अपराधको मुद्दामा उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो । प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डे विरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेको थियो  ।  रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए । उक्त जाहेरी खारेजीको माग राख्दै शनिबार प्रसाईका समर्थकहरुले विरोध प्रदर्शन गरेका थिए । 

तर साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले प्रसाईं पक्राउबारे आफूलाई जानकारी नभएको बताए । उनले नेपाल न्यूज बैंकसँग भने,‘निवेदन त धेरैको पर्छ । सबैलाई पक्राउ गर्ने कुरो भएन तर प्रसाईं पक्राउ बारे यहाँ जानकारी आएको छैन । निवेदन परेकै आधारमा पक्राउ गर्ने हुँदैन निबेदन त तपाइँहरुको पनि परेको होला नि । प्रसाईं पक्राउबारे यहाँ आधिकारिक जानकारी छैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार