मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुने

Ujyalosandeshonline 12431+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल बिहान ११ः४५ बजेदेखि शुरु हुनेछ । 

आज नेपालले हङकङविरुद्ध जित निकाले नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ । समूह ‘ए’ मा रहेको नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । यो समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतार छन् ।  

नेपालले पहिलो खेलमा मलेसियासँग पाँच विकेटले र दोस्रो खेलमा कतारसँग ३२ रनको जित निकाल्दै दुवै खेलमा विजयी भएको थियो । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो । यस्तै दोस्रो खेलमा भने साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’ मा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा रहेको हङकङ पनि आज नेपाल विरुद्ध जितको खोजिमा हुनेछ ।  

यस्तै, हङकङविरुद्ध जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ नेपाली टोली मैदान प्रवेश गर्नेछन् । नेपाल र हङकङबीच हालसम्भ भएका ९ वटा टी–२० आई खेलमा दुबै टोलीले ४÷४ खेलमा जित निकालेका छन् । एउटा खेल भने वर्षाको कारण रद्द भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार