मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा पूजा र कविता नियुक्त

Ujyalosandeshonline 11467+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एकल लगानीमा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालाको ब्राण्ड एम्बेसडरको रुपमा १९ वर्ष मूनिको नेपाली महिला क्रिकेट टोलीको कप्ता पूजा महतो र महिला राष्ट्रिय टोलीकी सदस्य कविता कुंवर नियुक्त भएका छन्  । आईतबार एक कार्यक्रमका बिच एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालाका प्रवन्ध निर्देशक विनोद कुंवरले उनिरुलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेका हुन् । 

कुंवरले विशेष गरि महिला क्रिकेट खेलाडीको हौसला बढाउन ब्राण्ड एम्बेसडर तोकिएको बताए । उनले आफूसँग अनुबन्धित भएका खेलाडीहरुको खेल प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे । “नेपाली खेलकुदमा यतिसम्म पनि सुविधा र अवसर पाइँदो रहेछ, भन्ने उदाहरण बनाउनु भन्ने मेरो उद्देश्य छ ।” कुंवरले भने , “खेलाडीहरुले अब खेलको मात्रै चिन्ता गर्ने हो, अरु चिन्ता गर्नुपर्दैन ।” दुई खेलाडीलाई २ वर्षका लागि अनुबन्धित गरिएको र यसको अवधि थप गर्दै जान सकिने कुंवरले जानकारी दिए । 

उनले २ बर्षको लागि ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्धित गरिए दुवैजनालाई प्रदान गर्ने सेवा सुविधा बारे स्पष्ट पारेनन । कुंवरले यस अघि नै नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी शक्ति गौचनलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेका छन् । 

रुपन्देहीको तिलोत्तमा स्थित एक्स्ट्राटेक ओभल मैदानमा आयोजित कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले खेलाडीको प्रोत्साहनका लागि यो महत्वपूर्ण समझदारी भएको उल्लेख गरे । उनले यसैगरी नेपालका अन्य व्यवसायिक प्रतिष्ठान र घरानाहरुले खेलाडीहरुलाई एम्बेसडर नियुक्त गरी आफ्नो व्यपार, प्रतिष्ठानहरुको प्रवद्र्धन गर्न सक्ने र खेलाडीहरुको लागि ठूलो आर्थिक आधार निर्माण गर्न सकिने उल्लेख गरे । निजी लगानीबाट एक्स्ट्राटेकले छोटो समयमै फ्लड लाइटसहितको मैदान निर्माण गरेको देख्दा आफु चकित भएको उल्लेख गर्दै उनले अन्य खेलाडीहरुलाई समेत अनुबन्धित गरेर अवसर सिर्जनाका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

एम्बेसडर नियुक्त भएपछि खुसी व्यक्त गर्दै राष्ट्रिय महिला क्रिकेटकी सदस्य तथा यू–१९ क्याप्टेन पूजा महतोले यसलाई सबैभन्दा खुसीको दिनको रुपमा लिएको बताइन । “मेरो लागि यो मैदान एकदमै लक्कि साबित भएको छ । विश्वकप छनोटका लागि पनि यही मैदानबाट सेलेक्सनमा परेर म यू–१९ क्याप्टेन भई खेल्ने अवसर पाए । यही मैदानमा पहिलो ब्राण्ड एम्बेसडर पनि हुन पाएँ ।” उनले भनिन 

यसैगरी अर्का क्रिकेटर कविता कुंवरले आफ्नो लागि यो पहिलो खुड्किलो भएको उल्लेख गर्दै थप उत्साहित भएको अनुभूति सुनाइन । उनले बन्द सत्रमा रहे पनि एम्बेसडर नियुक्तिको लागि नेपाल क्रिकेट संघ (क्यान)ले अनुमति दिएकोमा धन्यवाद दिइन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार