मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रुपन्देहीमा प्रहरीको 'स्वीप अपरेशन' तीव्र: दुई दिनमा १८६ जना पक्राउ

Ujyalosandeshonline 11540+ समाचार ( )
१४ वैशाख २०८३, सोमबार

भैरहवा । रुपन्देही प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थालाई कडा पार्ने उद्देश्यले सञ्चालन गरेको 'विशेष स्वीप अपरेशन' अन्तर्गत थप ८३ जनालाई नियन्त्रणमा लिएको छ। शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले  जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार आइतबार बेलुका ६ बजेदेखि राति १० बजेसम्म चार घण्टा सघन रूपमा चलाइएको चेकजाँचका क्रममा यी व्यक्तिहरू पक्राउ परेका हुन्। यसअघि शनिबार मात्रै प्रहरीले दुई घण्टाको छोटो अवधिमा चलाएको अपरेशनका क्रममा १०३ जनालाई नियन्त्रणमा लिएको थियो। योसँगै पछिल्लो दुई दिनमा मात्रै रुपन्देही प्रहरीको नियन्त्रणमा पुग्नेहरूको संख्या १८६ पुगेको छ।

पक्राउ परेका सबै व्यक्तिहरूले समाजको शान्ति सुरक्षामा खलल पुर्‍याएको प्रहरीको दाबी छ। यद्यपि, प्रहरीले हालसम्म नियन्त्रणमा लिइएका १८६ जनाकै नाम, थर र ठेगाना भने सार्वजनिक गरेको छैन। पक्राउ परेका व्यक्तिहरूमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्नता रहे/नहेरेको विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।जिल्लामा अवाञ्छित गतिविधि नियन्त्रण गर्न र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरीले यस्तो स्विप अपरेशनलाई निरन्तरता दिँदै आएको छ। विशेषगरी रात्रिकालीन समयमा हुने उच्छृङ्खल गतिविधि र सम्भावित अपराध रोक्न प्रहरीले आफ्नो सक्रियता बढाएको देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार