मुख्य समाचार
मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु |

मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ

जैसमोहम्मद खान 77+ समाचार ( )
१८ कार्तिक २०८३, मङ्गलबार

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या गरी कानमा लगाएको सुन लुटपाट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गत कात्तिक १२ गते बिहान करिब ११ बजे कोटहीमाई गाउँपालिका–६ र ७ बीचमा रहेको धानखेतमा कोटहीमाई गाउँपालिका–७ छोटी मझगावाँ निवासी ४१ वर्षीया जुबेदा खातुन धोबिनीको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक चन्द्र  किसोर शाहका अनुसार अज्ञात व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी उनको हत्या गर्नुका साथै कानमा लगाएको सुनको गहना लुटेर फरार भएका थिए । घटनाको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–६ खजनी चोक निवासी ४० वर्षीय बैजनाथ यादव, सोही वडाको बोगडी निवासी २६ वर्षीय मन्जे हरिजन, खजनी चोक निवासी ३० वर्षीय प्रमोदकुमार कुर्मी र मर्चवारी निवासी ३५ वर्षीय धर्मराज यादव रहेका छन् ।

प्रहरीले पक्राउ परेका चारै जनालाई रुपन्देही जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले कात्तिक १६ गते ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप गरी प्रहरीलाई थप अनुसन्धानको अनुमति दिएको प्रहरी निरिक्षक शाहले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार