मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

यस ‘सिजन’मा आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

रासस 497+ समाचार ( )
२ मंगशिर २०८२, मङ्गलबार

गोरखा । चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र अवलोकन गरेका छन् । मनास्लु क्षेत्रमा कात्तिकमा मात्र चार हजार २४७ पर्यटक भित्रिएका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार असोजमा तीन हजार ४४२, भदौमा ७७९ र साउनमा ७६ जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गर्न आएका हुन् ।

“साउनदेखि कात्तिकसम्ममा आठ हजार ५४४ जना आएकामा त्यसमा एक सय ४२ जना नेपाली पर्यटक छन् । बाँकी सबै विदेशी पर्यटक हुन्”, उहाँले भन्नुभयो । यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरिएकोमा चालु आर्थिक वर्षदेखि नेपाली पर्यटकको विवरणसमेत राख्न सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०८१÷८२ मा यहाँ १२ हजार ५१२ जना पर्यटक भित्रिएकामा यो वर्ष त्यसभन्दा बढी पर्यटक आउने अपेक्षा गरिएको छ । “चार महिनामै आठ हजार बढी पर्यटक आइसकेका छन्, यो आवमा १५ हजारभन्दा बढी पर्यटक भित्रिने हाम्रो अनुमान छ”, एमक्याप प्रमुख शेरचनले भन्नुभयो, “स्रोतसाधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने हो भने केही वर्षमा मनास्लुु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्नसक्छ । यहाँ हरेक वर्ष पर्यटक सङ्ख्या बढ्दै गएको छ ।”

एमक्यापको तथ्याङ्कअनुसार आव २०८०÷०८१ मा नौ हजार ७८२, २०७९÷०८० मा सात हजार ७०५ र आव  ०७८÷०७९ मा दुई हजार २८४ जनाले उक्त क्षेत्र भ्रमण गरेका थिए । मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था छ । पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित ‘काउन्टर’मा प्रवेश दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यी दुवै ठाउँमा शुल्क नबुझाएका पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित ‘चेकपोष्ट’मा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ । नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति रु १०० प्रवेश शुल्क तोकिएको छ । 

निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताको अनुमति दिने गर्दछ । उक्त अवधिभर चुमभ्यालीका लागि ‘सिजन’मा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने अन्य समयमा २५ डलर मात्र बुझाउनुपर्ने हुन्छ ।

यस्तै, नुव्री भ्यालीका लागि ‘सिजन’मा प्रतिव्यक्ति ७० डलर र ‘बेसिजन’मा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक हप्ताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउने व्यवस्था छ । मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाका सात वटा वडा पर्छन् । साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार