मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मधेश प्रदेशको बजेटमा नयाँपन छैन्, गन्तब्यमा पुग्दैन् : सांसद यादव

Ujyalosandeshonline 12431+ समाचार ( )
५ असार २०८२, बिहीबार

जनकपुर । जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश सांसद रामअशिष यादवले जनमत नेतृत्वको सरकारले ल्याएको प्रदेशको बजेटलाई असन्तुलित तथा दिशाहीन बजेटको संज्ञा दिएका छन् । हालै प्रस्तुत बजेटको सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै सांसद यादवले अहिलेको बजेट कुनै गन्तव्यमा पुग्न नसक्ने खालको रहेको धारणा राखेका छन् ।

उनले नीति तथा कार्यक्रम र बजेट बक्तव्य दुबैमा थुप्रै भिन्नता रहेको बताए । नीति तथा कार्यक्रममा कृषि तथा शिक्षालाई प्राथमिकता दिइएको भएपनि बजेट बक्तव्यमा भने कृषिलाई सबैभन्दा पछाडि राखिएको उनको आरोप छ ।

कृषिमा २ अर्ब ८३ करोड र भौतिक पूर्वाधार विकासमा करिब १६ अर्ब रुपैयाँ तोकिएको छ । यसले नीति तथा कार्यक्रम र बजेट बक्तव्यको तालमेलमा धेरै फरक देखियो र नियत पनि देखियो,’ सांसद यादवले भने ।

नारै नाराले भरेको नीति तथा कार्यक्रमलाई अहिलेको बजेट बक्तव्यले पूरा गर्न नसक्ने उनले आरोप लगाएका छन् । अहिलेको प्रदेश सरकारले मधेशका जनतालाई गुम्राहमा राख्न खोजेको सांसद यादवले बताए । उनले कंङक्रिट प्रदेश निर्मार्णतर्फ अहिलेको बजेट केन्द्रित गरिएको उनको आरोप छ ।

कृषि र शिक्षालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको भए यो बजेट आशावादी हुने उनले बताए । बेटी बचाउ बेटी पढाउ, किशोरी बीमालगायत मधेश गौरवका योजनाहरुलाई अहिलेको सरकारले निरन्तरता नदिएकोमा सांसद यादवले गुनासो गरे ।

त्यस्तै उनले अहिलेको बजेटमा नयाँपन केही पनि नरहेको आरोप लगाएका छन् । साधारण खर्च र वित्तिय व्यवस्थापन खर्च न्यून राखी पुँजीगत खर्चमा वृद्धि गर्नुको साटो यसको ठिक विपरीत गरेर प्रदेश सरकारले आफूलाई पूर्ण रुपमा असफल तुल्याएको उनले भनाई छ । यो बजेटले मधेशको कुनै हालतमा कल्याण नहुनेमा उनी विश्वस्त रहेको सांसद यादवले धारणा राखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार