मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन

Ujyalosandeshonline 12437+ समाचार ( )
५ कार्तिक २०८२, बुधवार

तुलसीपुर (दाङ), ५ कात्तिकः दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुङ्गा सञ्चालनमा ल्याइएको छ । सिँचाइका लागि निर्माण गरिएको उक्त जलाशयमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले डुङ्गा सञ्चालनमा ल्याइएको हो ।  

वडाध्यक्ष हुमकान्त सापकोटाले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि डुङ्गा सञ्चालनमा ल्याइएको बताउनुभयो । “खासगरी यो ड्याम सिँचाइका लागि निर्माण गरिएको हो”, उहाँले भन्नुभयो, “तर, यसलाई पर्यटनका हिसाबले पनि जोड्न सकिन्छ, भनेर हामीले अहिले डुङ्गा पनि सञ्चालनमा ल्याएका छौँ ।” यसले स्थानीय युवालाई स्वरोजगार बनाएको उहाँको भनाइ छ ।  

नजिकै मनकामना मन्दिर रहेकाले मन्दिर दर्शन गर्न आउनेले डुङ्गा पनि सयर गर्न पाउने वडाध्यक्ष सापकोटाले बताउनुभयो । “नजिकै मन्दिर छ, त्यो मन्दिरमा आउनेहरूले अब डुङ्गा पनि सयर गर्न पाउछन्”, उहाँले भन्नुभयो, “त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई झनै आकर्षण गराउनेछ ।” उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिकाले उक्त डुङ्गा उपलब्ध गराएको हो ।  

यहाँ विभिन्न प्रजातिका ४० हजार माछाका भुरासमेत राखिएको जनाउँदै वडाध्यक्ष सापकोटाले त्यसले स्थानीयको आम्दानीको स्रोतलाई पनि बढाउने विश्वास व्यक्त गर्नुभयो । यहाँको बाँझो जग्गामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले ड्याम बनाएको उहाँले बताउनुभयो ।  

ड्याम नहुँदा यहाँका खेतीयोग्य जग्गा बाँझै हुने गरेकामा जलाशय सञ्चालनमा खाएसँगै यहाँका किसानले सहजै बेमौसमी तरकारी उत्पादन गर्न थालेका स्थानीय प्रमोद कँडेलले बताउनुभयो । “ड्याम नहुँदा सिँचाइमा समस्या थियो”, उहाँले भन्नुभयो, “ड्याममा पानी जम्मा हुन्छ, यसले बाँझो जमिनमा सिँचाइ सुविधा पु¥याइरहेको छ भने डुङ्गा सञ्चालनले आयाआर्जन बढाउने अपेक्षा गरिएको छ ।” 

यहाँका एक हजार हेक्टरबढी जग्गामा सिँचाइ पुर्याएको जनाउँदै वडाध्यक्ष सापकोटाले यसबाट तीन हजार बढी किसान लाभान्वित भएका बताउनुभयो । “यहाँ पहिला सानो पानीको मुहान थियो । त्यहीँ मुहानलाई ड्याम बनाउने स्थानीयको परिकल्पनाअनुसार निर्माण गरिएको हो । यसले पर्यावरणलाई पनि सहयोग पुर्याएको छ”, उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार