मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

कांग्रेस नेताहरूसँग प्रधानमन्त्रीको छलफल : नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नगर्न आग्रह

Ujyalosandeshonline 11564+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद्को बैठकमा अवरोध नपु¥याउन आग्रह गरेका छन् । 

प्रधानमन्त्री दाहालसँग छलफलका लागि कांग्रेसका महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक मंगलबार बिहानै बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री दाहालले आफूले सहकारी प्रकरणमा देखिएको समस्या समाधानका लागि प्रयास गरेको भन्दै राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नपु¥याइदिन आग्रह गरेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । 

‘प्रधानमन्त्रीजीले सत्ता गठबन्धनभित्र आफूले संसदीय समिति बनाउन प्रयास गरेको कुरा सुनाउनुभयो । र उहाँले नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नपु¥याउन आग्रह गर्नुभएको छ,’ लेखकले भने, ‘यसपछि लगत्तै हामी संसदीय दलको बैठक बस्दैछौँ । त्यही बैठकबाट यसबारे निर्णयमा पुग्छौँ ।’

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै कांग्रेसले संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमै अवरोध गरेको थियो । 

प्रधानमन्त्री दाहाल भने सहकारी प्रकरणमा व्यक्तिको नाम नजोडी छानविन समिति बनाउन तयार भएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले भने सो प्रस्ताव अस्वीकार गरेका छन् ।          

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार