मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘मेलम्चीको दीर्घकालीन समाधानका लागि डीपीआर बन्छ’

Ujyalosandeshonline 11540+ समाचार ( )
२२ माघ २०८०, सोमबार

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले डीपीआर बनाउन छलफल अगाडि बढाएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग उनले डीपीआर बनाइने बताए । गत वर्षको बाढीले आयोजनामा ठूलो क्षति पु¥याएको थियो । आयोजनाको उक्त समस्याको स्थायी समाधानका लागि मन्त्रालयले पुल्चोक क्याम्पसलाई तीन हप्तामा अनुसन्धान गरि प्रतिवेदन बुझाउन आग्रह गरेको जानकारी उनले दिए ।

क्याम्पसले अनुसन्धान प्रतिवेदन बुझाएपछि सम्बन्धित निकायहरुसँग छलफल गरि संरचना सार्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘मेलम्ची खानेपानीका लागि स्थापनाकालमा जुन इन्टेक बन्यो, त्यो इन्टेक दुई वर्षअघिको बाढीले ठूलो क्षति गरिदिएको छ । आयोजनाका संरचनाहरु ४५ फिट तल गएका छन् । प्रति साल पुर्ने काम गर्नुपर्ने हुन्छ । त्यसका लागि डीपीआरको लागि तयारी गरिरहेका छौं ।’

पुनःनिर्माणको काम गर्दा आयोजनाको पानी वर्षमा तीन महिना असार, साउन र भदौमा अवरुद्ध हुने मन्त्री यादवको भनाइ छ ।

जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका कारण मेलम्ची आयोजनामा ठूलो क्षति भएको भन्दै उनले सरकार यस आयोजनामा गम्भीर भएर लागेको बताए ।

मुलुकमा जलस्रोत पर्याप्त भए पनि जलवायु परिवर्तनका कारण खानेपानीको चरम संकट आउनसक्ने भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार