कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन

Ujyalosandeshonline 12428+ समाचार ( )
१३ पौष २०८१, शनिबार

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकाका शिक्षा शाखालाई निर्देशन दिएको छ ।

केन्द्रले देशभरका सात सय ५३ वटै पालिकालाई पत्राचार गर्दै यही पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन निर्देशन दिएको हो ।

केन्द्रले वैकल्पिक शिक्षा प्रणालीबाट भर्ना हुन आएका विद्यार्थी, बीचमा विद्यालय छोडेर पुनः भर्ना हुन आएका विद्यार्थी, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका विद्यार्थी, विदेशी नागरिकका बालबालिका विद्यार्थीहरूको विवरणसमेत समावेश गरी अद्यावधिक गराउँदै विवरण पेश गर्न केन्द्रले सबै पालिकालाई निर्देशन दिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार