मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

बीपी प्रतिष्ठानको कार्यकारिणी बैठक राख्न प्रधानमन्त्रीको निर्देशन

Ujyalosandeshonline 12673+ समाचार ( )
७ माघ २०८०, आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन् ।

लामो समयदेखि विवादमा रहेको धरानस्थित प्रतिष्ठानको समस्या समाधानमा सरकारले ध्यान नै नदिएको आरोप लागेका बेला आइतबार प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित आफ्नो कार्यपक्षमा बोलाएर उपकुलपति डा. प्रह्लाद कार्कीलाई बैठक बोलाएर समस्याको हल निकाल्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘तपाईंले पदाधिकारीलाई काठमाडौं नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस् । अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।’

यसैबीच प्रधानमन्त्री दाहालले सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

प्रतिष्ठानमा सात वर्षदेखि चिकित्सक, शिक्षक, कर्मचारीको सरुवाबढुवा रोकिनुका साथै सुविधा नपाएको भन्दै विवाद छ । चिकित्सकहरु आन्दोलित हुँदा पठनपाठनसँगै उपचार सेवामा समेत प्रतिकूल प्रभाव परेको छ । कामु उपकुलपति डा. कार्कीको कार्यकक्षमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले ताला लगाइदिएका थिए । अदालती आदेशपछि ताला खुले पनि आन्दोलित चिकित्सकको माग सुनुवाइ भएको छैन ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार