मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ भाद्र २०८२, आइतबार

दाङ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिवार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाज नै दुःखी बनेको मुख्यमन्त्री आचार्यले उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सभा सदस्यको रुपमा पुनले समाज परिवर्तन, सुशासन र जनताका आकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको असामयिक निधनले लुम्बिनी प्रदेशले एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै यसलाई अपूरणीय क्षति भन्नुभएको छ ।

‘उहाँ सधैँ दुर्गमका जनताको दुःख–पीडा, माग र अपेक्षालाई आवाज दिँदै न्याय र समानताको पक्षमा आवाज उठाउदै आउनुभएको थियो । उहाँको सरल जीवनशैली, जनमुखी सोच र निरन्तरको जनसेवा आज हामी सबैका लागि प्रेरणाको स्रोत बन्नेछ,’श्रद्धाञ्जली वक्तव्यमा उल्लेख छ । पुनको केहीदिन अघि एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो । पहिलो अपरेशनमार्फत उहाँले छोरीलाई जन्म दिनुभएको थियो भने दोस्रो अपरेशनमार्फत उहाँको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार