मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

स्पेन र श्रीलंकाका प्रस्तावित राजदूतका यस्ता छन् प्रतिवद्धता

Ujyalosandeshonline 11566+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

काठमाडौं । संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंकालगायतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सकिएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलगायतका प्रस्तावित राजदूतको सुनुवाई गरेको हो  । 

सुनुवाईका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले दुईदेशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।  त्यस्तै उनले नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास गर्ने बताए ।

उनले भने,‘नेपाल र स्पेनबीच उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्नेछु । साथै नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास पनि गर्नेछु ।’ नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबचि नियमित रुपमा वार्ता र द्विपक्षीय संयन्त्रहरुलाई क्रियाशील बनाउन पहल गर्ने पनि उनको भनाइ छ । 

त्यस्तै श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्ने प्रतिवद्धता जनाए ।  उनले भने,‘ आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्नेछु । लुम्विनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गरिने छ । उनले  लुम्विनी, काठमाडौं र कोलम्वोबीच नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने समेत बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार