मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

लागुऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12437+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

भैरहवा । लागुऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयको आयोजना र जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीको सहकार्यमा सिद्धार्थनगर नगरपालिका वडा नं.१२ स्थित न्यू एरा बोर्डिङ स्कुलमा एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूसहित करिब ७० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक भरत के.सी.ले लागुऔषध दुर्व्यसनीका नकारात्मक असरहरू, यसबाट बच्ने उपायहरू र यसको रोकथाम तथा नियन्त्रणका लागि समाजको भूमिकाबारे विस्तृत प्रशिक्षण प्रदान गर्नुभयो ।

प्रहरी निरीक्षक के.सी.ले लागुऔषधको कुलतमा फसेका व्यक्तिहरूलाई समाजमा पुनःस्थापित गराउन परिवार, विद्यालय र समुदायको महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिनुभयो। उहाँले विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनीबाट टाढा रहन र यस्ता दुर्व्यसनीमा फसेका आफ्ना साथीभाइलाई पनि सचेत गराउन आग्रह गर्नुभयो ।

कार्यक्रमका सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमहरूले युवा पुस्तालाई लागुऔषध दुर्व्यसनीको जोखिमबाट बचाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले भविष्यमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार