मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

ओमसतियामा प्रथम राष्ट्रपति रनिङ शिल्ड सुरु

Ujyalosandeshonline 12437+ समाचार ( )
२८ माघ २०८०, आइतबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा प्रथम पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । ओमसतिया गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिता दुई दिनसम्म चल्ने छ । 

ओमसतिया- २ ,कर्मडाँडा खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिकाभित्रका सामुदायिक र संस्थागत गरी १० वटा विद्यालयले सहभागी भएको ओमसतिया गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलले जानकारी दिए ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले गाउँपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए ।

खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताको भूमिका रहने उल्लेख गर्दै यादवले पालिकाका सबै खेल मैदानलाई स्तरोन्नती गरी खेलाडी उत्पादन र खेलको विकास गरिने बताए । 

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, ओमसतियाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडाअध्यक्ष मदन प्रसाद पोखरेल, वडा नं ३ का वडाअध्यक्ष प्रकाश सिंह चौधरीले गाउँपालिका स्तरिय खेल गतिविधिहरु बढाउदै लैजानुपर्ने बताए । प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र तेकवान्दो खेल समावेश गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार