डेङ्गी नियन्त्रण नीति निर्माण गर्न स्वास्थ्य मन्त्रालयद्वारा शेरबहादुर नेतृत्वमा कार्यदल

Ujyalosandeshonline 11144+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेङ्गी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको नेतृत्वमा तीन सुझाव कार्यदल गठन गरेको छ ।

गठित समितिमा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत सुदीप आले र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला सदस्य सचिव तोकिएका छन् । देशैभर  अस्पतालमा डेङ्गीका बिरामी बढेपछी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रोकथाम तथा नियन्त्रणका लागि तदारुकता देखाएका थिए ।

उनकै निर्देशनमा गठित कार्यदललाई १५ दिनभित्र विज्ञसँग सुझाव लिएर  मन्त्रालयलाई प्रतिवेदन दिन भनिएको छ । कार्यदललाई अल्पकालीन तथा दीर्घकालीन रुपमा चालिने कदम तथा नीतिबारे सुझाव दिन जिम्मेवारी तोकिएको मन्त्री पौडेलको  सचिवालयले जनाएको छ ।

प्रभावकारी जनचेतनाका उपाय सुझाउन जिम्मेवारी तोकिएको छ । यसैगरी समुदायस्तरमा डेङ्गी  नियन्त्रणका नयाँ र भरपर्दो विधिसहित सुझाव प्रदान गर्न जिम्मेवारीसमेत कार्यदलले पाएको छ ।डेङ्गीबाट हुने  मृत्युदर कम गर्ने प्रभावकारी उपाय सुझाउन समेत समितिलाई जिम्मेवारी प्रदान गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार