मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

शीतगंगा नगरपालिकाले घरघरमै पुगेर दिँदैछ गर्भवतीलाई भिडियो एक्सरे सेवा

Ujyalosandeshonline 11564+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

अर्घाखाँची । स्थानीय सरकारको प्रत्याभूति दिलाउने उद्देश्यले अर्घाखाँचीको शीतगंगा नगरपालिकाले ग्रामीण भेगका गर्भवती महिलाहरूका लागि गाउँमै पुगेर भिडियो एक्सरे सेवा सुरु गरेको छ । नगरपालिकाले वार्षिक क्यालेन्डर नै बनाएर विशेषज्ञ चिकित्सक र आवश्यक उपकरणसहित घरदैलोमै निःशुल्क स्वास्थ्य जाँच अभियान थालेको हो ।

नेपालकै सबैभन्दा ठूलो भूगोल भएको यस नगरपालिकाका विकट बस्तीबाट सामान्य चेकजाँचका लागि बजारसम्म आउन नसक्दा गर्भवती र शिशुको अकालमै ज्यान जाने जोखिम रोक्न यो कार्यक्रम ल्याइएको नगर प्रमुख छविलाल पौडेलले बताए । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाका अनुसार आ.व. ०८२/०८३ को अभियान अन्तर्गत सीतापुर स्वास्थ्य चौकीबाट १४ जना गर्भवतीको जाँच गरी सेवाको सुरुवात गरिएको छ ।

स्वास्थ्य सेवाका अतिरिक्त नगरपालिकाले एकीकृत घुम्ती शिविरमार्फत योजना सम्झौता लगायतका प्रशासनिक सेवा पनि वडा तहमा नै पुर्‍याएको छ । सामान्य योजना सम्झौताका लागि ४/५ हजार खर्च गरेर नगरपालिका धाउनुपर्ने बाध्यता हटेको भन्दै उपप्रमुख गीता भाटले यसबाट जनतालाई ठूलो राहत मिलेको बताइन् ।

नगरपालिकाका कार्यक्रम अधिकृत नुमलाल खनालले पहिलो चरणमा वडा नं ८, ९ र १० मा सेवा दिइएको र १४ वटै वडामा पुग्ने लक्ष्य रहेको जानकारी दिए । गाउँमै आफ्नै घरआँगनमा स्वास्थ्य र प्रशासनिक सेवा पाएपछि स्थानीय बासिन्दाले ‘सिंहदरबारको अधिकार गाउँ-गाउँमा’ भन्ने नाराको वास्तविक अनुभूति गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार