मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

बाटोले विकासको ढोका खोल्यो : अर्थमन्त्री महत

Ujyalosandeshonline 12441+ समाचार ( )
१ माघ २०८०, सोमबार

नुवाकोट । अर्थमन्त्री डा=प्रकाशशरण महतले बाटोले विकासको धेरै ठूलो सम्भावनाको ढोका खुलेको बताएका छन् ।नुवाकोटको शिवपुरी–५ मा शेराबगर विकास समाजद्वारा सोमबार आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यपहाडी लोकमार्गले विकासको ठूलो सम्भावना खुलेको बताए ।

‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, बिजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरित भएको छ,’ उनले भने, ‘०४६ सालपछि विकास गाउँ पस्यो । मध्यपहाडी लोकमार्गपछि सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरणको बाटो खुल्यो ।’

त्यस्तै, उनले रासायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको बताए । उत्पादनको सम्भावनालाई प्रयोग गर्न अनुरोध गर्दै मन्त्री महतले भने, ‘उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत् ल्याएको छ । पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ । अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ । उत्पादन देखाउँदा अनुदान पाइछ । यसको उपयोग गर्न म अनुरोध गर्दछु ।’देशमा आवश्यकता धेरै र आम्दानी थोरै रहेकाले सबै क्षेत्र समेट्न गाह्रो भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार