मुख्य समाचार
विपद्का कारण राजमार्ग प्रभावित | मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु | आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने | एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने | रुपन्देहीमा एकै महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता, ८० जना फरार प्रतिवादी पक्राउ | जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन् | बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार | यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित | राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने | बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा |

विपद्का कारण राजमार्ग प्रभावित

रासस 716+ समाचार ( )
६ कार्तिक २०८३, बिहीबार

काठमाडौँ । बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ । नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ । त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गोरखाकै आरुघाट गाउँपालिका–१ नयाँपुलस्थित सडकमा बाढीका कारण यातायात प्रभावित भएको छ । उक्त सडकखण्डमा साना सवारीसाधन मात्र सञ्चालनमा रहेका छन् । यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–५ ओइलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । प्रहरीका अनुसार विपद्का कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । सम्बन्धित सडकखण्डमा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार