मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

बसन्तपुरमा प्राणी शास्त्र अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन

Ujyalosandeshonline 11566+ समाचार ( )
१५ पौष २०८१, सोमबार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणीय सन्तुलन कायम राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताएका छन । पाल्पाको बसन्तपुरमा प्राणी शास्त्र सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताए ।

‘वातावरणीय सन्तुलन जरुरी छ । पारिस्थितिक प्रणालीलाई जोगाउन छ । यसका लागि लुम्बिनी प्रदेशमा यहाँहरुले गर्ने खोज अनुसन्धानबाट प्राप्त नतिजालाई आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउँछ’उनले भने–’लुम्बिनी प्रदेश जैविक विविधताले धनी छ । यसलाई बचाइराख्न जरुरी छ । लोपन्मुख जीवजन्तुको संरक्षण जरुरी छ । मानिस जीवनको अस्तित्व जोगाउन पनि पारिस्थितिक प्रणाली संरक्षण गर्न जरुरी छ ।

’ विकास र समृद्धिको आधारको रुपमा वातावरणीय क्षेत्र रहेको, यसको संरक्षण र मितव्ययी सदुपयोगबाट दिगो विकासको आधार निर्माण गर्न सकिने उनले बताए ।प्राणी शास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेश्नल कंग्रेस अफ जोलोजि सुरु भएको छ । प्राज्ञिक, वैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरुलाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको नेपाल जोलोजिकल सोसाइटिका अध्यक्ष प्राध्यापक प्रा.डा. महेन्द्र महर्जनले बताए ।

सम्मेलनमा जैविक विविधता र पारिस्थितिक प्रणाली, मानव र वन्यजन्तु द्वन्द्व र न्यूनीकरण लगायतका विषयमा छलफल भइरहेको छ । सम्मेलनमा देशभरबाट १५० भन्दा बढी प्राणीशास्त्रीहरुको सहभागीता छ । प्राणीशास्त्री र अनुसन्धानकर्ताहरु लुम्बिनी केबलकारको यात्रामार्फत माथिल्लो स्टेशन बसन्तपुरमा सम्मेलन गरी  प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर दर्शन समेत गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार