अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिका-१२, खुम्चिकोटबाट प्रहरीले तीन थान अवैध भरुवा बन्दुक र खरखजनासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय सन्दिप बहादुर कामी रहेका छन् ।
गोप्य सूचनाको आधारमा सन्दिपको घरमा छापा मार्दा गोठमा लुकाइएको अवस्थामा एक थान बन्दुक बरामद भएको थियो। अनुसन्धानको क्रममा सन्दिपको बयानका आधारमा प्रहरीले नजिकैको ओडारबाट थप दुई थान बन्दुक र ठूलो परिमाणमा खरखजना बरामद गरेको हो। पक्राउ परेका सन्दिपलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ।