ओमसतियाको हिउदे अधिवेशन सम्पन्न

Ujyalosandeshonline 11543+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाको हिउदे अधिवेशन (१६ औं गाउँ अधिवेशन) एक कार्यक्रमका बिच आईतबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को कार्यक्रम तथा योजनाहरु परिमार्जन गर्दै अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको पालिकाले जनाएको छ । 

अधिवेशनमा आर्थिक चालु आर्थिक वर्षको हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पालिकाकी उपाध्यक्ष सुनिता चौधरीले चालु आर्थिक वर्षमा गाउँपालिकाको चालु खर्च शिर्षकमा ३२ करोड ४२ लाख ८५ हजार रुपैया विनियोजन भएकोमा २०८१ माघ मसान्त सम्म १४ करोड १ लाख ९५ हजार रुपैया अर्थात ४३.२३ प्रतिशत खर्च भएको बताईन । यसै गरि पूँजिगत खर्च शिर्षकमा १७ करोड ३३ हजार बिनियोजन भएकोमा  ४ करोड ६४ लाख ८७ हजार रुपैया अर्थात २७.३४ प्रतिशत खर्च भएको छ । पालिकाका कुल खर्च १८ करोड ६६ लाख ८२ हजार रुपैया अर्थात ३७.७६ प्रतिशत भएको उनले बताईन । 

आर्थिक वर्षको माघ मसान्त सम्मको सङ्गीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान तर्फ  १२ करोड १५ लाख अनुमान गरेकोमा ६ करोड ७ लाख ५० हजार अर्थात् ५० प्रतिशत मात्र, विशेष अनुदान तर्फ  १ करोड रुपैया अनुमान गरेकोमा  २४ लाख ३७ हजार रुपैया र सशर्त आयोजना तथा कार्यक्रम कार्यान्वयनको लागि १७ करोड ४० लाख ४२ हजार रुपैया अनुमान गरेकोमा  १० करोड ९४ लाख ५४ हजार प्राप्त भएको चौधरीले बताईन ।

यसै गरि प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानीकरण अनुदान तर्फ ८३ लाख ३५ हजार अनुमान गरेकोमा ४१ लाख ६७ हजार ५ सय रुपैया, सशर्त अनुदान तर्फ  ९० लाख अनुमान गरेकोमा २९ लाख ७० हजार रुपैया र समपुरक अनुदान तर्फ  ७० लाख  अनुमान गरेकोमा २३ लाख १० हजार मात्र प्राप्त भएको छ । श्रोत बाँडफाँडबाट प्राप्त राजश्व अन्तर्गत संघीय सरकारवाट ९ करोड ९ लाख अनुमान गरेकोमा ४ करोड २९ लाख ८१ हजार रुपैया, प्रदेश सरकारबाट ३५ लाख ४१ हजार अनुमान गरेकोमा  २६ लाख ३६ हजार र मालपोत बाँडफाँडबाट १ करोड ५० लाख अनुमान गरेकोमा १ करोड १९ लाख ६५ हजार मात्र प्राप्त भएको उनले बताईन ।

अनुमान गरेको भन्दा कम परिणाममा रकम प्राप्त भएको हुदा हिउदे अधिवेशनबाट केही योजनाहरु संशोधन गरिएको र यो सर्वसम्मत रुपमा पारीत भएको उनले बताईन । 

ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु)को अध्यक्षतामा सम्पन्न अधिवेशनलाई सभाका सचिव कृष्ण प्रसाद पन्थी र अधिकृत रुपा थापा राउतले सञ्चालन गरेका थिए । सभामा पालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष मदन पोखरेलको स्वागत रहेको थियो ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार