मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

मदिरा व्यवसायी संघ भैरहवाद्वारा अध्ययन अवलोकन भ्रमण

Ujyalosandeshonline 11171+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

भैरहवा । पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मदिरा व्यवसायी संघ भैरहवाको टोलीले प्यूठानको स्वर्गद्वारी आश्रमको भ्रमण गरेको छ । संघका अध्यक्ष बाबुराम पाण्डेका अनुसार टोली शनिबार बिहान भैरहवाबाट प्यूठानको चर्चित धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारीतर्फ प्रस्थान गरेको थियो ।

‘संघले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ, त्योसँगै विशेष गरी पर्यटन प्रवर्द्धनका लागि अध्ययन अवलोकन भ्रमण गर्दै आएका छौं, ’पाण्डेले भने। प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ मा अवस्थित स्वर्गद्वारीमा नेपालसँगै भारतबाट पनि धेरै तीर्थयात्री तथा पर्यटक आउने गरेका छन् । ‘हामीले एक रात (शनिबार) स्वर्गद्वारी आश्रममा बितायौं । बिहान पूजाआजा गर्यौं । यहाँ नेपालीसँगै भारतीय भक्तजनहरुको घुँइचो हुने गरेको छ, ’यहाँ एकदमै शितलताको अनुभुति भयो, ’पाण्डेले भने ।

भ्रमणमा सहभागी मदिरा व्यवसायी संघ, भैरहवाका सल्लाहकार समेत रहेका सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ऐतिहासिक स्वर्गद्वारीमा अत्याधिक भारतीय पर्यटक आउने गरेको बताए । उनले स्वर्गद्वारीसम्म आइपुग्न राम्रो सडक रहेको र विगत भन्दा यहाँ राम्रो व्यवस्थापन रहेको बताए । उनले एकपटक स्वर्गद्वारी पुग्न आग्रह गरे ।

दुईदिने भ्रमण अन्तर्गत स्वर्गद्वारीसँगै रोल्पा जिल्लाको खुंग्रीस्थित श्री त्रिपुरा सुन्दरी देवी मन्दिरमा मदिरा व्यवसायी संघ भैरहवाको टोली पुगेको संघका महासचिव यादव पोखरेलले बताए ।

टोलीमा मदिरा व्यवसायी संघ भैरहवाका पदाधिकारी, सदस्य, सल्लाहकारलगायत गरी ३० जना रहेको भ्रमण संयोजक तथा संघका सह–कोषाध्यक्ष विनोद आचार्यले बताए । भ्रमण टोली आइतबार राती भैरहवा फर्केको उनले जानकारी दिए । गत वर्ष संघको टोली अध्ययन अवलोकन भ्रमणका लागि गुल्मीको रेसुंगासहित विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरुमा पुगेको कोषाध्यक्ष सुन्दर भण्डारीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार