मुख्य समाचार
एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा |

उपभोक्ता समितिमार्फत काम नगर्न मुख्यमन्त्रीको निर्देशन

Ujyalosandeshonline 11567+ समाचार ( )
२२ कार्तिक २०८२, शनिबार

बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपभोक्ता समितिमार्फत कुनै पनि काम नगर्न निर्देशन दिनुभएको छ । आज आयोजित जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिसँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त निर्देशन दिनुभएको हो ।

ठेक्का सम्झौतामार्फत विकास निर्माणलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिँदै उहाँले पालिका महासङ्घलाई समेत स्पष्ट मापदण्ड निर्धारण गरी अतिआवश्यक भएको ठाउँमा मात्र उपभोक्ता समितिमार्फत काम गर्नेगरी र प्रदेश कानुनअन्तर्गत समेटिने स्पष्ट मापदण्ड बनाउन निर्देशन दिनुभयो ।

त्यसैगरी, मुख्यमन्त्री शाहले योजना कार्यान्वयन कार्यतालिका निर्माण गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । आवश्यक नभएको ठाउँमा बजेट विनियोजन गरिएको र काम सम्पन्न भइसकेका योजनामा पनि काम नगरेको जनगुनासो आउन थालेपछि स्पष्ट रूपमा कार्ययोजना तयार गरेर योजना कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो ।

“आवश्यकता नभएको ठाउँमा बजेट विनियोजन भएको व्यापक गुनासो आएको छ”, मुख्यमन्त्री शाहले भन्नुभयो, “यदि यस्तो भएको छ भने त्यस्तो बजेट कार्यान्वयन हुने छैन, त्यसका लागि योजना कार्यान्वयन कार्यतालिका निर्धारण गर्नुहोस् ।”

कार्यक्रममा प्रदेशसभा सदस्य शिवराज भट्ट, सुरेन्द्र पाल र जानकी ऐर बम, जिल्लाका अन्य जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता रहेको थियो । अन्तक्र्रिया गर्न मुख्यमन्त्री शाह आइतबार दार्चुला जाने कार्यक्रम छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार