मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

सुशासनबिना दिगो विकास असम्भव : मुख्यमन्त्री सिंह

Ujyalosandeshonline 11564+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सुशासन बिना दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने भएकाले प्रदेश सरकार सुशासनका लागि प्रतिबद्ध रहेको बताएका छन् । 

आइतबार जनकपुरधाममा सम्पन्न राष्ट्रिय सदाचार नीति, दिगो विकास र सङ्कल्प प्रस्ताव सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै उनले मुलुकमा नै प्रभावकारी नीति कार्यान्वयन गर्न सके विदेशिने युवालाई स्वदेशमै समेटेर समृद्धि हासिल गर्न सकिने बताए । 

मुख्यमन्त्री सिंहले प्रदेश सरकार सुशासन र दिगो विकासमा केन्द्रित रहे पनि आफ्नै प्रहरी, निर्णय तहका निजामती कर्मचारी तथा पर्याप्त बजेटको अभावमा चुनौती सामना गरिरहेको पनि बताए । 

राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले सुशासनको अभावमा कुनै पनि लक्ष्य पूरा गर्न कठिन हुने बताउँदै प्रदेश स्तरमा कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । 

त्यसैगरी, सोही समितिका सदस्य डा. अन्जान शाक्यले संघ, प्रदेश तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । मधेश प्रदेश सरकारका अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले प्रदेशको बजेट दिगो विकासका लक्ष्य पूरा गर्न लक्षित गरी परिचालन भइरहेको दाबी गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार