मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पोखरामा सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको छ : नगर प्रमुख आचार्य

Ujyalosandeshonline 12437+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको बताएका छन् । आइतबार लामाचौर तीज महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले पोखराको सबै नाका जोडिने गरी सडक विस्तारको काम भईरहेको बताए । 

उनले भने, ‘नेपाल सरकारको समपुरकको लागि प्राप्त हुने बजेटमा गएको तीन वर्षदेखी एउटै मात्र कार्यक्रम हामीले भरेर पठाएका छौ । त्यो कम्तिमा  माछापुच्छ्रेसम्म जाने सडक बनोस् भनेर अर्को वर्ष हामी माछापुच्छ्रेसम्म पुग्नेछौ । यसो हुँदा यहाँको उत्तरी क्षेत्र यसले कभर गर्नेछ भने पोखराको पूर्वी क्षेत्रमा रुपादेखी देउरालीसम्म पुग्ने बाटो पक्का गरिसकेका छौ । दक्षिणतर्फ कुरिनटारदेखी दोभिलाहुँदै विरौटासम्म आउने बाटो बनेको छ ।’ 

उनले पश्चिमतर्फको राजमार्ग र सिदार्थ राजमार्गको स्तरउन्नितिको काम हुँदै गरेको पनि जाकारी दिए । आइतबारबाट सुरु भएको लामाचौर तीज महोत्सव १० गतेसम्म चल्नेछ ।  नव आदर्श सामुदायिक विकास समाजले आयोजना गरेको यो महोत्सवमा युवाहरुका लागि भलिवल प्रतियोगिताको आयोजना गरिनुकासाथै बालवालिकाहरुका लागि पनि थुप्रै कार्यक्रमको आयोजना गरिएको छ । यस्तै महोत्सवमा लोकदोहोरी प्रतियोगिता र नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको नव आदर्श सामुदायिक विकास समाजले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार