मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

ओमसतियामा कानुनी प्रशिक्षण सम्पन्न: 'कानुनको अज्ञानता क्षम्य हुँदैन'

Ujyalosandeshonline 12431+ समाचार ( )
२५ वैशाख २०८३, शुक्रबार

भैरहवा । ओमसतिया गाउँपालिकाले कानुन दिवसको अवसर पारेर जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूका लागि एकदिने कानुनी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सुनिता चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा आज सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले स्थानीय तहमा सुशासन र दिगो विकासका लागि कानुनी सचेतना अपरिहार्य रहेको बताउनुभयो। उहाँले कानुनको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको त्रिपक्षीय सहकार्यमा जोड दिँदै समाजका हरेक विवादलाई कानुनी प्रक्रियाबाट समाधान गर्न आग्रह गर्नुभयो। नागरिकलाई न्यायमा सहज पहुँच दिलाउन र पारदर्शी शासन व्यवस्था कायम गर्न गाउँपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

त्यस्तै, न्यायिक समिति संयोजक सुनिता चौधरीले स्थानीय स्तरमै छिटो र सुलभ न्याय प्रदान गर्नु समितिको मुख्य जिम्मेवारी भएको उल्लेख गर्नुभयो। विशेषगरी महिला, दलित, गरिब तथा सीमान्तकृत समुदाय न्यायबाट वञ्चित हुन नपरोस् भन्नेतर्फ गाउँपालिका सचेत रहेको उहाँले बताउनुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले 'कानुन जान्दिनँ' भनेर कसैले पनि उन्मुक्ति नपाउने उल्लेख गर्दै राज्यको कानुन सबैका लागि समान हुने र यसको पालना गर्नु प्रत्येक नागरिकको दायित्व भएको स्पष्ट पार्नुभयो।

अधिवक्ता तुलसीराम ढकालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा व्यक्ति, सम्पत्ति, कर्तव्य र अधिकारको संरक्षणमा कानुनको भूमिकाबारे प्रकाश पारिएको थियो। गाउँपालिका कार्यपालिका सदस्य शेर सिंह थकालीको स्वागत मन्तव्य र प्रवक्ता मदन प्रसाद पोख्रेलको शुभकामना मन्तव्य रहेको सो कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, सदस्य तथा कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार